बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

ओली प्रवृत्‍ति समाप्त पार्न युवा संघर्षको आवश्यकता : अध्यक्ष ठाकुर

जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको चीरहरण गरी प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । आइतबार जसपा निकट राष्ट्रिय युवा संघद्वारा आयोजित युवा समायोजन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले संघीयता समाप्त पार्न ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । 

सयौं युवाको शहादत पश्‍चात प्राप्‍त उपलब्धीलाई धरापमा पार्न खोजिएकोले यसका विरुद्ध संघर्षमा उत्रिनु पर्ने उनको भनाइ थियाे । ‘ओलीको निरकुंश प्रवृतिको शासन व्यवस्थालाई परिवर्तन गर्न युवाको काँधमा ठूलो जिम्मेवारी आएको छ,’ उनले भने, ‘निंरकुश राणा शासन र शाह शासनलाई युवाहरूले फ्याके । अहिले नयाँ निरंकुशको उदय भएको छ । यसलाई समाप्त पार्न युवाहरूको संघर्ष जरुरी छ ।’