महिला लिग : पुलिस क्लबको सहज जित

काठमाडौँ : राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले आइतबार सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३-१ को जित निकालेको हो ।
पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक/एक गोल गरे । चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काइन् ।
जितसंगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ । प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया