सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गते

धनगढी : सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते सातौँ अथवा हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
गत साउन ३१ गते प्रदेशसभाको छैटौँ एवम् बजेट अधिवेशन अन्त्य भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि नयाँ विधेयक दर्ता भएका हुन सकेको छैन । छैटौँ अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित भएका थिए ।
संविधानमा भएको व्यवस्था अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचमा ६ महिना भन्दा बढि अवधी हुन नहुने भनिएको छ । सो व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सभाको अधिवेसन आह्वान माघ महिनाभित्रै गरिसक्नु पर्ने कानुनी बाध्यता थियो ।

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

प्रतिक्रिया