नेपालमा १०५ जना कोभिड -१९ संक्रमित थपिए

काठमाडौँ : नेपालमा थप १०५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ८ जनाको परिक्षणका क्रममा थप १०५ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप दुई जनाको मृत्यु भएको छ ।
नेपालमा कोभिड १९ को कारण ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ । त्यस्तै थप २८८ जना कोभिड १९ मुक्त भएका छन् । योसँगै नेपालमा हालसमम २ लाख ६६ हजार ३३६ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २५ सय ९४ जना आइसोलेशनमा छन् भने १०२ जना क्वारेन्टीनमा छन् । हालसम्म नेपालमा २० लाख ७१ हजार ७ वटा पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया