२९ असोजदेखि बन्द पोखरा महानगरको सेवा बिहीबारबाट सञ्चालनमा आउने

कास्की : पोखरा महानगरपालिका कार्यालयको गत असोज २९ गतेबाट बन्द सेवा बिहीबारदेखी सञ्चालनमा आउने भएको छ । महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि महानगर कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गरिएको थियो ।
महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बुधबार बसेको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको हो ।
असोज २९ गतेदेखी बन्द सेवा कात्तिक १३ गतेदेखि सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।
कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।
प्रतिक्रिया