भीम रावलको प्रश्न, बहुमतको आधारमा लोकतन्त्र नचल्ने हो भने निर्वाचन के को लागि ?

धनगढी : नेकपा (दाहाल–नेपाल समूह) सुदूरपश्चिमका ईञ्चार्ज भीम रावलले राजनीतिक नैतिकताको हेक्का नराखी प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गर्न थालेको आरोप लगाएका छन् । धनगढीमा प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कार्यकारी प्रधानमन्त्री भनेर ओलीले मनमौजी गरेको आरोप लगाएका हुन् ।
उनले मन्त्रिपरिषद् विस्तारसंगै हरेक कार्य गर्दा ओलीले संविधान मिचेर गरेको आरोप लगाए । ओली सरकारकै मन्त्रीले पनि निर्वाचन नहुनसक्ने भन्दै अभिव्यक्ति दिएको बताउँदै रावलले नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले स्पष्ट निर्णय लिनुपर्ने बताए ।
‘निर्वाचन आयोग निर्वाचनमा बहुमत जसले ल्याउँछ त्यस्लाई बिजयी घोषणा गर्नको लागि हो,’ उनले भने, ‘नेकपाको दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्य हाम्रो साथमा छन् । त्यो बहुमतलाई किन आधिकारीक नमान्ने ? निर्वाचन आयोगलाई पनि प्रश्न गर्न चाहन्छु, बहुमतको आधारमा लोकतन्त्र नचल्ने हो भने निर्वाचन के को लागि ?’
निर्वाचन आयोगले केन्द्रीय सदस्यलाई बोलाएर सनाखत गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको रावलले बताए ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया