मिथिला र अशोक अभिनित 'आशीर्वाद' सार्वजनिक

काठमाडौं : हात मुख जोड्नकै निमित्त विदेशिएका तमाम नेपाली सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ''आशीर्वाद' सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा मिथिला शर्मा र अशोक कुमार तिमल्सिनाको मुख्य भूमिका रहेको छ । भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन् ।
भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ । छोरा आउने प्रतिक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ ।
सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतको शब्द सुरज गैरे 'बिबश' र अशोक कुमार तिमल्सिनाले लेखेका हुन् भने संगीत सुवास भुषालले दिएका छन् । भिडियोको लेखन तथा निर्देशन अशोकले नै गरेका हुन् । पारस तिमल्सिनाले निर्माण गरेको भिडियोलाई राकेश महर्जन, रवि कँडेल र सनिश श्रेष्ठले खिचेका हुन् । भिडियो सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया