स्विडिस नर्सले जितिन् हप्ताभरि नै फिल्म कार्यक्रम

युरोप : स्विडेनकी नर्स लिजा इनरोथले विश्वभरिका १२ हजार प्रतियोगीलाई पछि पार्दै ६० वटा फिल्म हेर्ने कार्यक्रममा विजेता बनेकी छिन् । कोरोना भाइरस महामारीको समयमा कोभिड १९को वार्डमा काम गरेकी उनले हप्तादिन भरी नयाँ दुनियाँको आनन्द लिने बताइन् ।
स्विडेनको गोटेबोर्ग फिल्म फेस्टिभलले यो साल फिल्म देखाउने कार्यक्रम अनलाइनमा मात्र सिमित गरेको थियो । तर पनि आयोजकले एक जना फ्यानका लागि सम्पूर्ण सिनेमा हलमै हेर्न पाउने कार्यक्रमको घोषणा गरेको थियो । लिजा यही कार्यक्रमकी विजेता बनेकी छिन् ।
विजेता बनेसँगै लिजाले हामनेस्कर आइल्यान्डमा रहेको पाटेर लाइट हाउसमा एक्लै एक हप्ता बिताउनेछिन् । एक हप्तासम्म लिजा फोन, कम्प्युटर, किताब र मनोरञ्जनका अरु कुनै साधनविना एक्लै फिल्म हेरेर बस्नेछिन् । लिजा शनिबार नै आइल्यान्ड पुगिसकेकी छिन् ।
गोटेबोर्ग फिल्म फेस्टिभल हरेक साल जनवरीको अन्त्यमा सुरु भएर फेब्रुअरीमा सकिन्छ । सामान्यतया यो फेस्टिभल १० दिनसम्म चल्ने गरेको छ ।
फेस्टिभल निर्देशकले लिजालाई छनोट गर्नमा कोभिड १९ को हिरोहरूको सम्मानको अभिप्राय रहेको पनि बताएका छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया