भारतमा भोलि बजेट प्रस्तुत हुँदै, खोपदेखि रोजगारीसम्मका योजना

काठमाडौंः भारतमा भोलि (फेब्रुअरी १) मा संघीय बजेट प्रस्तुत हुँदैछ । कोभिड–१९ ले अर्थतन्त्र शिथिल बनाएको अवस्थामा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भोलि (भारतीय समय अनुसार) ११ आफ्नो कार्यकालको तेश्रो बजेट बजेट प्रस्तुत गर्दैछिन् । भोलि प्रस्तुत हुने बजार कागजरहित हुनेछ । भारतमा पहिलोपटक कागजरहित बजेट प्रस्तुत हुन लागेको हो । यसले बजेटको गोपनीयता उच्च राख्न मद्दत गर्ने बताइएको छ । गत वर्ष सीतारमणले लोकसभामा २ घण्टा ४० मिनेट लगाएर बजेट प्रस्तुत गरेकी थिइन् र उनको प्रस्तुतीकरण पट्यारलाग्दो भएको थियो ।
कोभिड–१९ का कारण सन् २०२० मा भारतीय अर्थतन्त्र ७.७ प्रतिशतले खुम्चने अनुमान शुक्रबार प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ । भारतमा धेरै वर्षपछि आर्थिक वृद्धिदर ऋणात्मक भएको अवस्थामा महामारीका नियन्त्रणका लागि लागू गरिएको लकडाउनपछिको यो पहिलो बजेट हो । यस बजेटमा भारतीय जनतालाई कोभिड–१९ विरुद्धको खोप योजनादेखि आर्थिक गतिविधि संकुचित भएको अवस्थामा रोजगारीका कार्यक्रमहरू घोषणा गर्ने भारतीयहरूको अपेक्षा रहेको छ ।
महामारी प्रभावित भएकाले भारतीय अर्थतन्त्रका हरेक पक्षहरूले बजेटमा आफ्नो चासो र सरोकार सम्बोधन हुने अपेक्षा गरेका छन् । जसका कारण सन् २०२१–२२ को बजेट अर्थमन्त्री सीतारमणका लागि निकै चुनौतीपूर्ण रहेको छ । आर्थिक सर्वेक्षणमा सन् २०२२ मा ११ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेगरी बजेटले खर्च योजना तय गर्ने उल्लेख गरेको छ । कोभिड–१९ पछि भारतले आत्मनिर्भर भारत बन्ने योजना अघि सारेको छ । आत्मनिर्भर भारतका लागि भारतले वैदेशिक लगानी आकर्षण गर्न नीतिगत र प्रक्रियागत सुधार गरेको छ । प्रधानमन्त्री मोदीले नियमित रूपमा विदेशी लगानीलाई भारतमा स्वागत गर्दै संरक्षणको प्रत्याभूति दिने घोषणा गर्दै आएका छन् ।
भारतले स्वास्थ्य सेवामा सरकारको खर्च कुल गार्हस्थ उत्पादनको ३ प्रतिशतसम्म पुर्याउनु उपयुक्त हुने सर्वेक्षणमा उल्लेख छ । खुम्चिदों राजस्वका स्रोतबीच अर्थतन्त्र विस्तारको उत्कट अपेक्षाहरूलाई सम्बोधन गर्दै सन्तुलन कायम गर्नुपर्ने ठूलो चुनौती अर्थमन्त्रीका सामु छ । सीतारमण आफैंले आफ्नो तेश्रो बजेट महामारी प्रभावित अर्थतन्त्रको पुनरूत्थानका लागि ‘अभूतपूर्व’ हुने उल्लेख गरेकी छिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा बजेट फ्रेबुअरी महिनाको अन्तिम कार्यालय दिनको सट्टामा पहिलो कार्यालय दिनमा प्रस्तुत गर्ने निर्णय भएको थियो । यसरी भारतमा बजेट सत्र एक महिना अघि सरेको थियो । बजेट सत्र मार्च सम्ममा सम्पनन गरी भारतमा अप्रिल १ देखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_pFFGyg2Ioi_vucvvd2kgiwyamggiwq9juxf3luvzay9f3fwsecddbq0a7qgygywiitmyfin.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

प्रतिक्रिया