माइतीघरको प्रदर्शनमा दाहाल र नेपाल पनि जाने

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलामा हुने प्रदर्शनमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल सहभागी हुँदैछन् । माघ १४ गतेदेखि दाहाल-नेपाल समूहले मण्डलामा प्रदर्शन गरिरहेका छन् । धर्नामा संघीय सांसद, प्रदेशसभा सांसद र संविधानसभाका सदस्य पनि सहभागी छन् ।
प्रदर्शनमा आइतबार मध्यान्ह १२ बजे अध्यक्षद्धय दाहाल र नेपाल सहभागी हुने नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले पछिल्लो लगातार तीन दिन बुटवल, विराटनगर र धनगढीमा शक्ति प्रदर्शन गरेको थियो ।
प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेको दाहाल नेपाल समूहले माघ २८ गते काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्दैछ ।

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

प्रतिक्रिया