हिंसा र असुरक्षाका कारण दुई महिनामा दुई लाख विस्थापित

संयुक्त राष्ट्रसंघ : अत्यधिक असुरक्षा र हिंसात्मक घटनाहरुका कारण गणतन्त्र मध्य अफ्रिकाबाट दुई महिनामा दुई लाख जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार ९० हजारभन्दा बढी शरणार्थी कङ्गोमा विस्थापित भएका छन् । प्रवक्ता स्टेफन डुजार्रिकले अरु १३ हजार जना क्यामरुन, चादलगायतका देशमा शरणार्थी बन्न बाध्य भएको जानकारी दिए ।
'राजनीतिक विवाद र शसस्त्र द्धन्द्धका कारण मध्य अफ्रिकाका हजारौ मानिस विस्थापित भएका छन्,' नियमित पत्रकार सम्मेलनमा डुजार्रिकले भने । राजनीतिक विवाद र हिंसात्मक द्धन्द्धका कारण पछिल्लो समयमा मात्रै दुई लाखभन्दा बढी प्रभावित भएका हुन । ती मध्ये महिला र बालबालिकाको सङ्ख्या पनि धेरै रहेको उनले बताए ।
हिंसामा परेका र विस्थापित भएकाहरुलाई विभिन्न सहयोगको पनि अभाव रहेको प्रवक्ता डुजार्रिकले जानकारी दिए । त्यसैगरी उनीहरु विस्थापित भएर गएको कंगो, चादलगायतका देशहरु पनि आफै समस्याग्रस्त रहेकाले थप जटिलता रहेको उनको भनाई छ । राष्ट्रसंघको शरणार्थी सम्वन्धी निकायले पनि दशौँ हजार विस्थापित शरणार्थीहरुलाई खाने, बस्ने, लगाउने सहित स्वास्थ्य सेवाको पनि आवश्यकता रहेको जनाएको छ । (सिन्ह्वा)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया