‘पेपे आर्सनलका लागि उपयुक्त खेलाडी होइनन्’

काठमाडौँ : आर्सनलका पूर्व खेलाडी रोबर्ट पियरेसले निकोलस पेपे प्रिमियर लिगका लागि उपयुक्त खेलाडी नभएको बताएका छन् । बेलायतको अखबार दि सनसँग शनिबार कुरा गर्दै पियरेसले आर्सनलका विङ्गर पेपेसँग इंग्लिस लिगका लागि चाहिने कौशल नभएको बताएका हुन् ।
‘पेपे प्रिमियर लिगका लागि उपयुक्त छैनन् । प्रिमियर लिगमा तीब्र गतीका फरवार्डहरु मात्रै सफल हुन सकछन् । पेपे त्यस्तो प्रकारको खेलाडी होइनन् । उनलाई इंग्लिस फुटबलमा स्थापित हुन सजिलो छैन,’ पियरेसले भने । सन् २०१९ मा फ्रेन्च क्लब लिलबाट आर्सनल आएका पेपेले अपेक्षाकृत खेल्न सकेका छैनन् । २५ वर्षीय फरवार्डले आर्सनलको जर्सीमा ६६ खेल खेल्दा १४ गोल र १३ असिस्ट मात्रै दर्ता गरेका छन् ।
‘पेपेले आर्सनलमा टिक्ने हो भने मानसिकता परिवर्तन गर्नुपर्छ । इंगल्यान्डमा गराइने अभ्याससँग अभस्त हुनुपर्छ । उनले आफुलाई परिवर्तन नगराई इमिरेट्स रंगशालामा धेरै समयसम्म टिक्न सकने छैनन्,’ सन् २००२ बाट २००६ सम्म आर्सनलबाट खेलेका पियरेसले थपे ।
आर्सनलले पेपेलाई अनुबन्ध गर्न करिब ७२ मिलियन पाउण्ड खर्च गरेको थियो । तर मिकेल आर्टेटाको टिममा पेपेले कुनै प्रभाव पार्न सकेका छैनन् । जसले गर्दा क्लब प्रशासन देखि सर्मथकसम्म निराश बनेका छन् । आर्सनलमा इमाइल स्थि रोवे र बुकायो साका जस्ता युवा खेलाडीहरुले पाएको मौका सदुपयोग गरिरहँदा पेपे भने छायाँमा परिरहेका छन् । हालै रियल म्याड्रिडबाट आइपुगेका युवा प्लेमेकर मार्टिन ओडेगार्डलाई पनि मौका दिनुपर्ने हुँदा पेपे आर्सनलमा थप किनारामा पर्ने निश्चित छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया