संघीयता आए पनि विभेद कायमै छ : महन्थ ठाकुर

जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा संघीयता आए पनि राज्यबाट विभेद जारी नै रहेको बताएका छन् । शनिबार जनकपुरमा राष्ट्रिय इन्जिनियर संघको भेलामा अध्यक्ष ठाकुरले भने मधेश जनविद्रोह र विभिन्न आन्दोलनपश्चात संघीयता आए पनि राज्य पक्षबाट विभेद कायमै रहेको बताएका हुन् । विभेद अन्त्य गर्ने विषयमा पटक-पटक सहमति भए पनि त्यो सहमति कार्यान्वयन हुन नसकेको उनले बताए ।
'पहिचान, जातीयता, लिङ्गको आधारमा वर्षौदेखि विभेद अन्त्य गर्न मधेश जनविद्रोह र विभिन्न आन्दोलनको क्रममा राजनीतिक सहमति भयो । त्यही सहमतिअनुसार मुलुकमा संघिय व्यवस्था आयो । तर राज्य पक्षको अलोकतान्त्रिक र गैरसंवैधानिक क्रियाकलापले जनताले संघीयताको अनुभुति गर्न पाएका छैनन्,' ठाकुरले भने ।
विभेद अन्त्य गर्न जनताले आन्दोलन गरेर संघीय संरचना प्राप्त गरे पनि शासन व्यवस्था विभेद गर्नेहरूकै हातमा पुगेको उनको भनाइ छ । ठाकुरले आफूहरू अहिले पनि संविधानको विरोधमै रहेको बताए ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय विवादका कारण अलोकतान्त्रिक र गैरसंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको बरोप लगाए । उनले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आफूहरूको संघर्ष जारी रहने बताए ।
कार्यक्रममा वरिष्ठ राजेन्द्र महतोले देशमा उत्कृष्ट भनी पटक-पटक संविधान जारी गरिए पनि शासकवर्गको बदनियतीका कारण जनता अधिकारबाट बञ्चित नै रहेको बताए । ७० वर्षमा जनताका माग सम्बोधन गर्न भन्दै ७ वटा संविधान आए पनि ती संविधान जनताका लागि नभइ शासक वर्गको संरक्षणका लागि मात्र उपयोग भएको बताए ।
पहिला राजा महाराजाले आफू अनुकुल संविधान ल्याउने गरेको भन्दै उनले अहिले केही मुट्ठी भरका नेता आफ्नो शासकीय संरक्षणका लागि संविधान ल्याएको आरोप लगाए । महतोले देशमा जति संविधान र व्यवस्था परिवर्तन भएपनि विचार र व्यवहारमा परिवर्तन नभएसम्म जनता समृद्ध हुन नसक्ने बताए ।
अर्का नेता शरतसिंह भण्डारीले मुलुक संविधान र व्यवस्था परिवर्तनभन्दा राज्य पक्षको मनस्थितिमा परिवर्तन हुन आवश्यक रहेको बताए । उनले फास्ट ट्र्याकमा ल्याइएको संविधानको परिणाम अहिले सबै नेपाली जनताले भोग्नु परिरहेको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया