२४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुने भन्दा डिस्चार्ज हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ बाट संक्रमित हुने भन्दा संक्रमणलाई जितेर डिस्चार्ज हुने धेरै देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारीमा संक्रमित हुने भन्दा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या धेरै देखिन्छ ।
गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा संक्रमण जितेर घर फर्किनेहरुको संख्या २ हजार ९ सय ८१ जना छन् भने १ हजार ९ सय ५४ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बुधबार कोभिड १९ को कारण ११ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । बुधबारसम्म ८८७ जनाको कोभिड १९ को कारण मृत्यु भइसकेको छ ।
२४ घण्टामा प्रदेश १ मा ५७२, प्रदेश २ मा ६२, वाग्मती प्रदेशमा १ हजार १७८ जना, गण्डकी प्रदेशमा ११५, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिममा ८ जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा २४ घण्टामा जम्मा ८ सय ४३ जना संक्रमित थपिएका छन् भने ती मध्ये ३ सय ६८ महिला छन् र पुरुष ४ सय ७५ छन् ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया