महिला लिगः एपीएफको अपराजित यात्रा कायमै

काठमाडौँ : जारी राष्ट्रिय महिला फुटबल लिगमा शसस्त्र प्रहरीको एपीएफ क्लबले बलियो लय कायमै राखेको छ । लिगमा अपराजित रहेको एपीएफले शनिबार पाँचौ जित दर्ता गर्ने क्रममा वालिङ नगरपालिकालाई ३-० ले पराजित गर्यो ।
एपीएफको जितमा फेरी पनि स्ट्राइकर सावित्रा भण्डारी महत्वपूर्ण सावित भइन् । उनले दुई गोल गर्दा प्रिती राईले एक गोल थपिन् । पहिलो हाफको १३ औँ मिनेटमा पहिलो गोल गरेकी भण्डारीले ७५ औँ मिनेटमा अर्को गोल गरिन् । त्यस्तै राईले ७१ औँ मिनेटमा एपीएफका लागि तेस्रो गोल गरिन् ।
जितसँगै एपीएफले पाँच खेलबाट १५ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको एपीएफले एक गोल पनि खाएको छैन भने २० गोल गरिसकेको छ । एक खेल कम खेलेको आर्मी दोस्रो स्थानमा छ । आर्मीले चार खेलबाट सात अंक बटुलेको छ । पराजित वालिङ भने पाँचौँ स्थानमा छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया