प्रधामन्त्रीलाई बहिष्कार, गुटका नेतालाई मुख्यमन्त्रीको स्वागत !

धनगढी : पुस २४ गते आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधामन्त्री केपी शर्मा ओली धनगढी आए । तर उनको स्वागतका लागि प्रदेश सरकारको शून्य सहभागिता थियो ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहित पाँच जनाको मन्त्रिपरिषदका् सदस्यले प्रधानमन्त्री ओलीको बहिष्कार गरे । उनीहरुमध्ये कोही पनि स्वागतका लागि धनगढी विमानस्थल पुगेनन् । मुख्यमन्त्री भट्टले भनेका थिए, ‘प्रधानमन्त्रीको धनगढी भ्रमणबारे औपचारिक जानकारी नै आएको छैन् । गुट भेलामा आएका प्रधानमन्त्रीलाई स्वागत गर्न सकिएन् ।’
तर गुट भेलाकै लागि धनगढी पुगेका नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई मुख्यमन्त्री भट्टसहितका मन्त्रीले धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका छन् । नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावलसंगै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र अन्य मन्त्रीहरु विमानस्थलमै पुगेर आफ्नो गुटका अध्यक्षद्धय दाहाल-नेपालको स्वागत गरेका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको विरोध सभालाइृ सम्बोधन गर्न दाहाल र नेपाल धनगढी आएका हुन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

प्रतिक्रिया