तीन दिनसम्म तराईमा बाक्लो हुस्सु, हिमालमा हिमपात !

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ । शनिबारदेखि सोमबारसम्मको तीन दिने मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले तराईमा बाक्लो हुस्सु लाग्ने र हिमालमा हिमपात हुने जनाएको छ ।
महाशाखाका अनुसार शनिबार बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । यस्तै पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो मौसम सफा रहे पनि बिहान, बेलूकी र राती भने मौसमी बदली हुने गरेको महाशाखाले जनाएको छ ।
यस्तै आइतबार र सोमबार बिहान पनि तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो घाम लाग्ने भएपनि तराईमा हुस्सु र हिमालमा हिमपातले बिहान बेलूकी चिसो समेत बढेको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोले गर्दा आन्तरिक उडान समेत प्रभावित भएका छन् ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया