शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

पत्रकार अछामीको सहयोगार्थ विकासको एकल गजल साँझ आज

भक्तपुर : पत्रकार कुमार अछामीको उपचारमा सहयोग पुर्‍याउन विकास प्रहरको भक्तपुर थिमिस्थित यचु पार्टी भेन्यूमा विशेष एकल गजल साँझ हुँदैछ। पत्रकार कुमार अछामी गत जेष्ठ १७ गतेदेखि अस्वस्थ भएर अस्पतालमा उपचाररत छन् ।

उनको नाईटो मुनिको भागदेखि दुवै खुट्टा चल्दैनन् भने दिसा ,पिसाब आएको पनि थाहा पाउदैनन् । उपचारको क्रममा ४० लाख खर्च भैसकेको छ भने हाल मासिक १ लाख ५० भन्दा बढी उपचारमा खर्च भईरहेको छ । पत्रकार अछामीको आर्थिक स्थितिले नधान्‍ने भएपछि पत्रकार तथा गजलकार विकास प्रहरले उपचारमा सहयोग पुगोस् भनेर विशेष एकल गजल साँझ गर्न लागेका हुन् ।

विकास प्रहर त्रिपुरा न्यूज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक हुन भने त्रिपुराखबर डटकमका सञ्चालक हुन् । कुमार अछामी त्रिपुरा न्यूज साप्ताहिक र त्रिपुराखबर डटकमका सम्पादक हुन् । आज हुने विशेष एकल गजल साँझमा विकास प्रहर र गायक तथा संगीतकार राजसागरको विशेष प्रस्तुती रहने छ । कार्यक्रमका लागि रु ५ हजार र २ हजारको टिकटको ब्यबस्था गरिएको छ । कार्यक्रममा गजल बाचन, गायन र म्यूजिक भिडियोको पनि सार्वननिकिकरण हुनेछ । कार्यक्रम दिउँसो ३:३० बजेदेखि सुरु हुनेछ ।