पीएसजीलाई पछि पार्दै लियोन शीर्ष स्थानमा

काठमाडौँ : फ्रेञ्च लिग वान फुटबलमा लियोन शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा ब्रोडेक्सलाई २-१ गोलले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो । लियोनलाई जिताउन कार्ल एकाम्बी र लियो डुबोइजले गोल गरे । ब्रोडेक्सका लागि स्यामुएल कलुले एक गोल फर्काए ।
खेलमा अग्रता पनि लियोनले लिएको थियो । उसका लागि एकाम्बीले ३२ औँ मिनेटमा गोल गरे । दोस्रो हाफमा ब्रोडेक्सका लागि कलुले बराबरी गोल फर्काए । ९० मिनेटसम्म बराबरीउन्मुख खेलमा अतिरिक्त समयको ९२ औँ मिनेटमा लियोले गोल गर्दै टिमलाई जिताएका हुन् ।
जितसँगै लियोन २२ खेलबाट ४६ अंकसहित फ्रेञ्च लिग वानको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको पीएसजी ४५ अंकसहित दोस्रो स्थानमा छ । ब्रोडेक्स भने ३२ अंकसहित सातौ स्थानमा छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया