माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

माले : कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो ।
स्थानीय सञ्चार माध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागिमात्रै स्विकृति दिइएको एमएफडीएले जनाएको छ ।
त्यसैगरी १८ बर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् । कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ ।
माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ । (सिन्ह्वा)

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया