केन्द्र सरकारले प्रदेशलाई पंगु बनायो : ठाकुर
जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादले मुलुक नै द्वन्द्वमा धकेलिएको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले भने जनताले ५ वर्षका लागि बहुमत दिए पनि काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई विवादमा पारेर तीन वर्षमै समाप्त पारेको आरोप लगाएका हुन् ।
ओलीले प्रतिनिधिसभा विघटनका लागि चालेको गैरसंवैधानिक र अलोकतान्त्रिक कदमले जनप्रतिनिधि र जनता दुवैको अधिकारलाई हनन भएको पनि ठाकुरको भनाइ छ । आफ्ना पार्टीका नेता कार्यकर्तालाई सचेत भएर बस्न आग्रह गर्दै अध्यक्ष ठाकुरले मधेशी जनताले आफ्नो अधिकार अहिलेसम्म नपाएकोले जनताको अधिकार दिलाउन जसपाको संघर्ष जारी रहने पनि दाबी गरे ।
‘अदालत सर्वोपरी रहेकोले अदालतको निर्णय मान्नु बाहेक अन्य कुनै विकल्प छैन्’ उनले भने, ‘हामी अदालतको निर्णय मान्छौं ।’ अध्यक्ष ठाकुरले शासन प्रशासन चलाउन अर्थको आवश्यकता रहेकोले केन्द्र सरकारले आफ्नो मातहत सबैथोक राखेर प्रदेशलाई पंगु बनाएको आरोप समेत लगाए । राष्ट्रिय इन्जिनियर संघको शनिवार हुन लागेको भेलामा उपस्थित उनी जनकपुरधाम आएका हुन ।

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

प्रतिक्रिया