५० प्रतिशत काम घरबाटै, कोभिडबाट मृत्यु हुनेको संख्या सात लाख पुग्न सक्ने अनुमान

काठमाडौँ : जो बाइडन नेतृत्व अमेरिकी प्रशासनले अमेरिकामा कोभिड-१९ काे संक्रमणकाे कारण सातलाख नागरिकको ज्यान जानसक्ने आंकलन गरेको छ । यससँगै सचेतना अपनाउन सन्देश दिने काम भएको छ । अहिले राष्ट्रपतिको हरेक कार्यक्रममा सामाजिक दुरीलाई विशेष ध्यान दिएको र अन्य क्षेत्रमा पनि यसलाई प्रोत्साहन गर्न भनिएको छ । यतिसम्म कि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि राष्ट्रपतिसँग भेट गर्दा सामाजिक दुरी अपनाउन अनुरोध गरिएको छ ।
अमेरिकामा कोभिड-१९ बाट कूल दुई करोड ५६ लाख भन्द बढी मानिस प्रभावित भइसकेका छन् । चार लाख २९ हजार मानिसको त मृत्यु नै भएको छ । बाइडन प्रशासनको अनुमान अनुसार कोभिड-१९ संक्रमणबाट अमेरिकामा ७ लाख मानिसको ज्यान जान सक्नेछ । त्यसैले यसमा सचेतना अपनाइउन ह्वाइट हाउसको नयाँ प्रशासन सक्रिय रहेको हो । अमेरिकी तथ्यांकअनुसार हालसम्म कोरोनाबाट मर्ने अमेरिकीमा ९५ प्रतिशत मानिसको उमेर ५० वर्षमाथि छ ।
राष्ट्रपति बाइडन आफैँ अमेरिकाका पाका उमेरका नागरिक हुन् । उनको उमेर ७८ वर्ष भइसकेको छ । उनी जस्तै पाका अमेरिकीलाई संक्रमणबाट उनलाई बचाउन सबैभन्दा ठूलो चुनौती अहिलेसम्मकै पाका व्यक्तिको नेतृत्वमा रहेको अमेरिकी प्रशासनलाई थपिएको छ ।
ह्वाइट हाउसले यतिबेला आफ्नो काम गर्ने शैलीमा नै परिवर्तन गरेको छ । उसले ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहन गरेको छ । ह्वाइट हाउसमा महत्वपूर्ण व्यक्तिको सानो समूहलाई मात्र काममा बोलाएको पनि जानकारी अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोभिड-१९ सँग जोडिएको सरकारी ‘गाइडलाइन’ पालना गर्न पनि भनिएको छ । अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र सबै स्थानमा भौतिक दुरी कायम गर्न ह्वाइटहाउसले उर्दी नै जारी गरेको छ ।
‘कार्यालयमा आउने हरेक कर्मचारीले दैनिक कोभिड–१९ परीक्षण गर्नुपर्ने छ,’ ह्वाइट हाउसले नियमित अन्तरक्रियामा जानकारी दिएकोहो । यसअघि तीन पटक ह्वाइट हाउसमा कोभिडको संक्रमण फैलिएकाले पनि त्यसमा सचेतना अपनाइएको जानकारी दिइएको छ । यद्यपि राष्ट्रपति बाइडनले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । यतिबेला ह्वाइटहाउस उनको स्वास्थ्यलाई लिएर अति नै संवेदनशिल बनेको र जोखिमबाट टाढा राख्ने प्रयास गरेको छ ।

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया