'के टू' हिमालका आरोहीलाई पूर्वराजा ज्ञानेन्द्रको बधाई

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले हिउँदयाममा विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्तानको ‘के टू' को सफल आरोहण गरेर स्वदेश फर्केको निर्मल पुर्जाको टिमलाई बधाई दिएका छन् । शाहले शुक्रबार एक विज्ञप्ती जारी बधाई दिँदै गरेर नेपाल अनेकौँ साहसिक आरोही तथा पदप्रदर्शक र प्रेरकहरुको मुलुक भएको बताएका हुन् । शाहले हिउँदयाममा पनि साहसका साथ गरेको आरोहण दलका आरोहीहरुलाई सम्मान र बधाई दिएका हुन् ।
‘नेपाल विश्वका अनेकौँ उच्चतम हिमाल रहेको देश हो । अनि अनेकौँ साहसी आरोही तथा पथप्रदर्शक र प्रेरकहरुको मुलुक हो,’ शाहले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्यसैक्रममा गत वर्षमात्रै सगरमाथा हिमालसहित आठ हजार मिटर अग्ला विश्वका चौध वटा हिमाल छ महिना ५ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जासहितको टोलीले हालसम्म कोही नपुगेको विश्वकै दोस्रो हिमालको सफल आरोहण गरेका छन् ।’
सहासको काम विश्वमा नेपाल र नेपालीको प्रतिष्ठा उँचो भएको अनुभूति आफूले गरेको शाहले उल्लेख गरेका छन् । ‘सर्वाधिक चीसो मौसममा साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु’ उनले भनेका छन्, ‘त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद् अनुभूति मैले गरेको छु ।’ विश्वकै दोस्रो अग्लो हिमाल ‘के टू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही मंगलबारमात्रै स्वदेश फर्केका हुन् ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया