‘निर्वाचनलाई कसैले रोक्न सक्दैन’

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको दाबी गरे । उनले देश चुनावमय भइसकेको पनि बताए ।
उनले सरकारले दर्जनौँ गौरवका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउदै अधिकांश आयोजना यही सरकारले पुरा गरेको बताए । मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको बताए । देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गरे । करिब साढे २ वर्षको अवधीमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौँ योजना सम्पन्न हुने काम भैरहेको पनि बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया