‘कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसरमा शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘प्रचण्ड-माधव नेपालसँग रिस उठेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो,’ नेता पौडेलले भने, ‘कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’
उनले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्न चाहेको आरोपसमेत लगाए । संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण गर्दै नेता पौडेलले भने, ‘तर, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि बस्न चाहिरहनुभएको छ ।’
उनले प्रधानमन्त्री ओलीलाई गणतन्त्रविरोधी नेताको संज्ञा दिए । ‘केपी ओली गणतन्त्रवादी नेता होइनन्,’ पौडेलले भने, ‘उनी गणतन्त्रविरोधी नेता हुन् ।’
उनले नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली भएको पनि ठोकुवा गरे । ‘देशमा समृद्धि नआउनुको कारण केपीले देशको नेतृत्व गरेका कारण हो,” नेता पौडेलले भने ।

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

प्रतिक्रिया