बेपत्ता छानबिन आयोगले पीडितलाई केन्द्रबिन्दुमा राखेको छ : प्रवक्ता अधिकारी

बुटवल : बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सदस्य एवम् प्रवक्ता डा. गंगाधर अधिकारीले संक्रमणकालीन न्याय निरुपणका लागि आफूहरुको सक्दो काम गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै अधिकारीले पिडीतको पक्षमा काम गर्न कुनै कसर बाँकी नराखेको दाबी गरेका हुन् ।
न्याय निरुपणका लागि पीडित, सरोकारवाला, सरकार, राजनीतिक दल र सबै पक्षको साझेदारी आवश्यक रहेको उनको भनाइ छ । ‘आयोग पीडितका लागि हो, पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ’ उनले भने । आयोगको छानबिन तथा अनुसन्धानको लागि पाँच जना आयुक्त र सिमित कर्मचारीबाट मात्र सम्भव नहुने बताउदै उनले पीडितमैत्री न्याय प्रदान गर्न सबैको सहयोगको अपेक्षा गरे । समयमै ऐन संसोधन नहुनु र कोभिड १९ का कारण अपेक्षाकृत परिणाममुखी काम गर्न नसकिएको उनले बताए । अब बांकी अवधिमा आयोगले तीव्रताका साथ काम गर्ने बताए ।
आयोगमा नेपाल भरीबाट दर्ता भएको उजुरीका आधारमा दुई हजार पाँच सय २२ जना बेपत्ता पारिएको तथ्याङ्क रहेको उनले बताए । जसमध्ये सबै भन्दा बढि बर्दिया जिल्लाबाट २ सय ८८ वटा उजुरी आयोगमा दर्ता भएकोमा दुई सय ५५ उजुरीहरु विस्तृत छानबिनको क्रममा रहेको अधिकारीले बताए ।
लुम्बिनी प्रदेशमा बेपत्ताको संख्या ७ सय ३० रहेको र जसमा ६६६ पूरुष र ६४ महिला रहेको आयोगले जनाएको छ । उजुरीको संख्या ७२१ रहेको छ । आयोगको म्याद १० दिन बाँकी हुँदा पीडितहरुलाई परिचयपत्र वितरण कार्यको सुरु भएको छ । बेपत्ता आयोगले सत्य तथ्य छानबिन गरेर तयार पारेको परिचयपत्र वितरण कार्यको शुभारम्भ बर्दिया जिल्लाबाट गरेको हो ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया