नेम्वाङले दिउँसै रात पारे, प्रधानमन्त्री ओली हुतिहारा - विडारी

काठमाडौँ : राष्ट्रियसभा सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र पार्टी चलाउन नसक्ने ‘हुतिहारा’ भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गरेका विडारीले इजलासमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिउँसै रात पार्ने काम गरेको र प्रधानमन्त्री ओली ‘हुतिहारा’ भएको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको विडारीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिएको लिखित जवाफ हाँस्यास्पद रहेको पनि विडारीले बताए ।
संविधानमा टेकेर प्रतिनिधि सभामा बहुमत पाएर प्रधानमन्त्री बन्ने तर अहिले आफूलाई प्रधानमन्त्री बनाउने प्रतिनिधि सभा नै विघटन गरेर असंवैधानिक काम गरेको विडारीले बताए । राष्ट्रिय सभा सांसद समेत रहेका वरिष्ठ अधिवक्ता विडारीले संवैधानिक गल्ती गरेर प्रधानमन्त्री ओलीले राजनीतिक निर्णय भन्नु अदालतलाई समेत झुक्याउने काम गरेको बताए ।
संवैधानिक निकायमा नियुक्ती दिएर सुुनवाइको मौका नदिने ओली प्रवृत्ति व्यवस्थाका लागि घातक रहेको पनि विडारीले बताए । इजलासमै विडारीले ‘पार्टी चलाउन नसक्ने, सरकार चलाउन नसक्ने हुतिहारा...’ भनेपछि प्रधानन्यायाधीश राणाले उनलाई बीचैमा रोकेर ‘वरिष्ठज्यू, असभ्य भएन र ?’ भन्दै प्रश्न गरेका थिए ।
यस्तै विडारीले संविधानसभाका अध्यक्ष नेम्वाङले अहिले दिउँसै रात पार्ने काम गरेको पनि टिप्पणी गरे । ‘म संविधानसभाको मस्यौदा समितिमा रहेको व्यक्ति हो’ इजलासमा विडारीले भने, ‘हामीलाई बोलाएर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा कुनै पनि हालतमा संसद विघटन गर्ने अधिकार राख्न हुन्न भन्नुहुन्थ्यो ।’
तर अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा प्रतिक्रिया नदिएर दिउँसै रात पार्ने काम नेम्वाङले गरेको विडारीको भनाई छ ।

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

प्रतिक्रिया