राहत पाएपछि गोठीगाउँका अग्नीपीडित खुसी

सुर्खेत : जुम्लाको तिला गाउँपालिकास्थित गोठीगाउँका अग्नीपीडितलाई राहत सामाग्री वितरण गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला पुगेर राहत सामाग्री वितरण गरेका हुन् ।
गएको मंगलबार साँझ भएको आगलागीबाट विस्थापित पीडितहरूका लागि हेलिकोप्टरबाट आवश्यक राहत सामग्री लिएर कानूनमन्त्री भण्डारी गोठीगाउँ पुगेका हुन् । अग्नीपीडितहरुलाई ओढ्ने ओछ्याउने कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेललगायतका सामग्री वितरण गरिएको छ । त्यसैगरी पीडितहरुलाई प्रति परिवार १५ हजारका दरले नगद रकम पनि हस्तान्त्रण गरिएको छ ।
पीडितका लागि ९ क्वीन्टल चामल, १५० किलो दाल, ८९ थान न्यानो कम्बल, ७ रोल पीफर्म, दुई बोरा नुन, ७ पेटी तेल, २० किलो खुर्सानी, २८ सेट भाँडाकुँडा हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
गएको मंगलबार जुम्लाको तिला गाउँमा भएको भिषण आगलागिमा परेर २८ घर जलेका थिए । राहत सामाग्री बुझेपछि स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । स्थानीय शितला रोकायले आगलागीका कारण आफूहरूसँग केही नभएको बेला भगवानको रुपमा सरकार आएर राहत दिएको प्रतिक्रिया दिइन् ।
त्यसैगरी मन्त्री भण्डारीले सोही गाउँका घाइते तीनजनालाई हेलिकप्टरबाट उद्धार गर्दै उपचारका लागि सुर्खेत ल्याएका छन् । आगलागीमा परेर घाइते जुनपुरा रोकाया, जया रोकाया, विहेवली रोकाया उपचारका लागि सुर्खेत आइपुगेका हुन् ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_UJ0iTvxKt2_bqlhelf7kh5detfpezabcactao54co2ryskjakzvvo24ffrrienp1kuhh7gz.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया