सांसदलाई प्रधानन्यायाधीशको प्रश्न - ‘वरिष्ठज्यू असभ्य भएन र ?’

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले रिट निवेदक समेत रहेका पूर्व सांसदले इजलासमा प्रयोग गरेका शब्दप्रति असन्तुष्टि जनाएका छन् । रिट निवेदक समेत रहेका पूर्व सांसद कृष्णभक्त पोखरेल र राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले बहसका क्रममा प्रयोग गरेका शब्दप्रति असन्तुष्टि जनाउँदै प्रधानन्यायाधीश राणाले ‘वरिष्ठज्यू, असभ्य भएन र ?’ भन्दै प्रश्न गरेका छन् ।
रिट निवेदकसमेत रहेका पूर्वसांसद कृष्णभक्त पोखरेलले संसदीय व्यवस्थाअनुसार संविधान विपरित प्रतिनिधि सभा विघटन गर्दा आफूहरु जिउँदो सांसद रहेपनि मृत भएको बताएका थिए । साथै उनले अहिले प्रतिनिधि सभालाई ब्युताउने जिम्मेवारी न्यायाधीशको हातमा रहेकाले यसलाई राजनीतिक निर्णय हो भन्दै नपन्छिन आग्रह समेत गरे ।
लगत्तै राष्ट्रियसभा सांसद तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले बहस गरेका थिए । बहसका क्रममा उनले भने, ‘म संविधानसभाको मस्यौदा समितिमा रहेको व्यक्ति हो । हामीलाई बोलाएर तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा कुनै पनि हालतमा संसद विघटन गर्ने अधिकार राख्न हुन्न भन्नुहुन्थ्यो ।’
तर अहिले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा चुइक्क पनि प्रतिक्रिया नदिएर नेम्वाङले दिउँसै रात पार्ने काम गरेको विडारीले इजलासमा बताए । विडारीले थप अगाडी भने, ‘प्रधानमन्त्री नियुक्त हुन संविधान चाहिने तर अर्को काम गर्दा संविधान नचाहिने ? यसलाई राजनीतिक प्रश्न भन्ने ? शपथ खाएको मान्छेले यस्तो गरे पाप लाग्छ।’
वरिष्ठ अधिवक्ता विडारीले इजलासमै ‘पार्टी चलाउन नसक्ने, सरकार चलाउन नसक्ने हुतिहारा, असफल.....’भनेपछि प्रधानन्यायाधीश राणाले बीचैमा रोकेर ‘वरिष्ठ ज्यु, असभ्य भएन र ?’ भन्दै प्रश्न गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि शुक्रबार पनि सुनुवाइ भइरहेको छ ।

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

प्रतिक्रिया