लयमा फर्कियो लिभरपुल, टोटेनहमलाई हरायो

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल लयमा फर्किएको छ । नयाँ बर्ष लागेदेखि कुनै टिममाथि पनि जित हात पार्न नसकेको लिभरपुलले बिहीबार रातीको खेलमा टोटेनहमलाई हराएको छ ।
टोटेनहमलाई उसकै मैदानमा ३-१ गोलले हराउँदै लिभरपुलले प्रभावशाली जित हात पारेको हो । लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो, अलेक्जेन्डर अर्नान्डो र साडियो मानेले गोल गरे । टोटेनहमका पिर्रे एमली होजजर्गले एक गोल फर्काए ।
जितसँगै लिभपुरल २० खेलबाट ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । उसले शीर्ष स्थानको म्यानेचष्टर सिटीसँगको दुरी चारमा झारेको छ । यद्यपी सिटीले एक खेल कम खेलेको छ । १९ खेलबाट ३३ अंक जोडेको टोटेनहम छैटौ स्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया