सशस्त्र प्रहरी उपरीक्षक र वरिष्ठ उपरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएका ५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट उपरीक्षक पदमा पदोन्नती भएका १५ जनालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे ।
गृहमन्त्रीस्तरको माघ १४ गतेको निर्णयले ५ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा र गृहसचिवस्तरको माघ १२ गतेको निर्णयबाट १६ जना उपरीक्षकमा पदोन्नती भएका थिए ।
कार्यक्रममा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको बताए । उनीहरूले राज्य र संगठनलाई पुर्याएको योगदानको साथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उनको भनाइ थियो ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया