लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

लण्डन : लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको आलोचना भएको छ । उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड-१९ नियन्त्रणका लागि बनाइएको कानुनको उल्लंघन गरेको भन्दै आलोचना भएको हो ।
कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागु गरिएको छ । उनले लकडाउनको उल्लंघन गरेको धेरैको टिप्पणी छ । विश्वमै सवैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।
आलोचकहरूले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । स्कटल्याण्डका मुख्यमन्त्री निकोलस स्टुर्गेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताएका छन् । स्टुर्गेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो । (रासस)

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया