थपिए २१३ कोभिड-१९ संक्रमित

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । ३ हजार ७ सय ९१ जनामा पीसीआर परीक्षण गर्दा त्यति संख्यामा संक्रमण देखिएको हो ।
हालसम्म नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७० हजार ५ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोभिडबाट कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिडबाट अहिलेसम्म मृत्यु हुनेको २ हजार २० जना रहेको छ ।
मन्त्रालयका अनुसार बिहीबार २ सय ९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ६५ हजार ३ सय ६५ जना संक्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया