बलात्कार आरोपमा एक जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले युवती बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँमा बस्ने २६ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कमला नगरपालिका–५ का अन्दाजी ५० वर्षीय भोला यादवलाई जनकपुरधामको रामानन्द चौकबाट प्रहरीले पक्राउ गरेको हो ।
बलात्कृत युवतीकी आमाले यादवविरूद्ध महानगरीय प्रहरी वृतमा दिएको उजुरीको आधार यादवलाई पक्राउ गरिएको हो । यादवले छोरीलाई जबरजस्ती करणी पश्चात कुटपिटगरी घाइते बनाएको उजुरीमा उल्लेख छ ।
यादवले घटनापश्चात आफैले फोन गरेर घटना बारे युवतीकी आमालाई जानकारी दिएका थिए आमा छोरीको कोठामा पुग्दा चोटपटक लागेको अवस्थामा अचेत अवस्थामा छाेरीलाई भेटेकी थिइन् । युवतीको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यादवमाथि उजुरी दिने उनकी श्रीमती हुन् भने बलात्कृत युवती यादवकी सौतेनी छोरी हुन् ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया