सार्वजनिक जग्गा व्यक्तिको नाममा कित्ताकाट

काठमाडौं : सार्वजनिक सम्पत्ति व्यक्ति विशेषको नाममा कित्ताकाट गरी क्षेत्रफल बढाउने कर्मचारी र व्यक्तिहरू विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको क्रममा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता भएको भेटाएको हो । रुपन्देहीको खड्वा बनगाई-७ को कित्ता नम्बर ३८७ को सार्वजनिक जग्गाको दुरुपयोग भएको उल्लेख छ ।
रुपन्देहीको नापी कार्यालयका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरेको अनुसन्धानमा खुलेको छ । सार्वजनिक जग्गा व्यक्ति विशेषलाई प्रत्यक्ष फाइदा पुर्याएको उल्लेख छ । उनीहरूलाई जग्गाको मुल्य ९ लाख ८३ हजार ७ सय रुपैयाँ बिगोदाबी लिइएको छ । जग्गाधनी मुना पासिनले नापी कार्यालयका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी छुटजग्गा दर्ता गर्ने क्रममा मूल्य ९ लाख ८३ हजार ७ सय रुपैयाँको जग्गा आफ्नो नाममा समावेश गरेको उल्लेख छ ।
हाल जग्गाधनीहरू कल्पना ज्ञवाली र माधव न्यौपानेको हकमा सरकारी सार्वजनिक जग्गा आ-आफ्नो नाममा गराउन कुनै कसुर नगरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तो जग्गा आफ्नो नाममा खरिद गरेको देखिएकोले उनीहरुको नाममा देखिएको जग्गा जफत गरी सरकारको नाममा कायम गर्ने आयोगले बताएको छ । आयोगले बिहीबार काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

प्रतिक्रिया