‘महँगो नर्सिङ शिक्षा सस्तो तलब कहिलेसम्म ?

काठमाडौं : नर्सहरूले राष्ट्रिय नर्सिङ दिवस विरोध प्रदर्शन गर्दै मनाएका छन् । काठमाडौंमा विभिन्न निजी अस्पतालमा काम गर्ने नर्सहरूले सेवा सुविधा वृद्धिको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।
नर्सहरूको पारिश्रमिक र सेवा सुविधा निकै कम भएकाले यस बिषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउन विरोधका साथ नर्सिङ दिवस मनाइएको उनीहरूले बताएका छन् ।
उनीहरूले नर्सहरूमाथि अस्पताल, तथा सिनियर कर्मचारीहरूबाट हुने शोषण तथा अत्याचारको अन्त्य हुनुपर्ने, सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् ।
नर्सिङ अध्ययन गर्न निकै खर्चिलो हुने तर काम गरेको पारिश्रमिक निकै कम हुने गरेकाले यो अवस्था कहिलेसम्म रहने भनेर उनीहरूले प्रश्न गरेका थिए । उनीहरूले ‘महँगो नर्सिङ शिक्षा सस्तो नर्सको तलबकहिलेसम्म ?, भोको पेटले सेवा हुँदैन, सरकारले नर्सिङ सेवाको महत्व कहिले बुझ्ने ? लगाएतका प्लेकार्ड बोकेका थिए ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया