सेयर बजारको 'बबल' फुट्न थाल्यो
कारोबार रकम ९ अर्ब बढी, सात कम्पनीको सेयरमा उच्च मुल्य वृद्धि

काठमाडौं : तीन साताको लगातार उछालपछि बिहीबार सेयर बजार घटेको छ । मंगलबारको कारोबारपछि सेयर बजार सुधारको बाटोमा पुग्ने धेरैले आँकलन गरेका थिए । सो दिन सेयर बजार मापक नेप्से परिसूचक १७ अंकले घटेको थियो ।
बुधबार १८ अंकले बढे पनि सेन्सिटिभ इन्डेक्समा गिरावट आएको थियो । जसले सेयर बजार सुधारको बाटोमा पुग्ने संकेत दिएको हो । बिहीबारको कारोबारमा त यो सुधारको क्रम छरफस्टै बन्यो । नेप्से परिसूचक झन्डै १६ अंकले घटेको छ ।
ठूला कम्पनीको सेयर मूल्य प्रतिनिधित्व गर्ने सेन्सिटिभ इन्डेक्स झन्डै १ प्रतिशतले घटेको छ । बजारको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने बैंकिङ समूहमा २.३४ प्रतिशतले गिरावट आयो । साताको अन्तिम कारोबार हुने दिन तीन समूहका परिसूचकबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको हो ।
अर्थशास्त्रमा बजारको उत्तेजित व्यवहारले भाउ बढ्दा एक किसिमको बबल निर्माण हुने विश्वास गरिन्छ । यस्तो बबल कुनै पनि समयमा उत्पन्न हुनसक्छ जसले वस्तुको भाउ वास्तविकताभन्दा बढी मूल्यमा पुर्याउँछ । यस्तो बबल एकपटक अवश्य फुट्छ भन्ने मान्यता छ ।
मंसिरयता सेयर बजार क्रमिकरुपमा उकालो लागेको सेयर बजारलाई बबल हुनसक्ने धेरैले अनुमान गरेका छन् । अहिले नेपाल मात्र नभई विश्वका अधिकांश मुलुकका सेयर बजारमा वृद्धि भइरहेको छ । न्यू योर्क टाइम्सले बुधबार प्रकाशित एक स्टोरीमा 'सेयर बजारमा बबल' देखिएको उल्लेख गरिएको छ ।
नेपालको ईतिहासमा २०७२ सालको भुकम्प र नाकाबन्दीताका यस्तो बबल सेयर बजार र घरजग्गा कारोबारमा देखिएको थियो ।
यस्तो 'बबल' खासगरी सट्टेबाज गर्ने लगानीकर्ताहरूले उत्पन्न गर्छन् । संकटकालीन अवस्थामा लगानीका अन्य क्षेत्रहरू आक्रान्त भएपछि लगानीकर्ताहरूले घरजग्गा कारोबार वा सेयर बजारमा सट्टेबाजी गरेर मुल्य बढाउने गर्छन् । निश्चित लाभ प्राप्त भएपछि उनीहरूले ठुलो मात्रामा आफ्नो लगानी उठाउँछन् । जसले सोझा साना लगानीकर्ताहरूलाई डुबाउने गर्छ ।
कारोबार ९ अर्बमाथि
सेयर बजार घटिरहेको समयमा कारोबार रकम भने ९ अर्ब रुपैयाँ नाघेको छ । लगातार किनबेचमा रेकर्ड राखिरहेको नेपाल लाइफ इन्स्योरेन्सको सेयरको कारोबार बिहीबार पनि उच्च छ । यसको सेयर ५६ करोड ६३ लाख ९८ हजार रुपैयाँ बराबर किनबेच भएको छ ।
दोस्रोमा पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । ३१ करोड ५४ लाख रुपैयाँ बराबर किनबेच भएको यसको मुल्य १५२३ रुपैयाँ प्रति कित्ता पुगेको छ । प्रभु बैंक, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, एनआइसी एसिया बैंक, आरम्भ चौतारी लघुवित्त वितीय संस्थाका सबैभन्दा ठूलो कारोबार भयो ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_wPDwv6zL6j_sjhwsvyon74uipu1vc1cwursk94scazkdgj3ilvi4vdoawtwrakjrb5tpiaf.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया