निर्वाचन आयोगले शुक्रबार बोलायो नेकपाका दुवै समूहलाई

काठमाडौँ : निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार साढे ११ बजे नेकपाका दुवै समूहलाई आयोगको कार्यालयमा बोलाइएको जानकारी दिए ।
‘हामीले नेकपामा दुवै समूहलाई दुई प्रयोजनमा छलफल गर्न भोलि(शुक्रबार) बिहान साढे ११ बजे आयोगको कार्यालयमा बोलाएका छौं,’ इकागजसँग प्रवक्ता श्रेष्ठले भने ।
प्रवक्ता श्रेष्ठका अनुसार आयोगले नेकपाका दुवै समूहलाई मध्यावधि निर्वाचनको तयारी र निर्वाचनका लागि दल दर्ता गर्ने सम्बन्धमा छलफल गर्न आयोगले बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको मिति तय गरेकी थिइन ।
सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हठातमा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । दुवै समूहले आफूलाई आधिकारिक दाबी गर्दै दिएको निवेदन खारेज गरेको आयोगले निर्वाचनका सम्बन्धमा छलफल गर्न दुवै समूहलाई बोलाएको हो ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया