बुटवलमा दाहाल-नेपाल पक्षको विरोध सभा, आलोचनापछि हटाइयो सोफा

बुटवल : प्रतिनिधि सभा विघटनको विरोधमा चरणवद्ध आन्दोलनमा रहेको नेकपाको दाहाल–नेपाल पक्षले बुटवलमा आज विरोध सभाको आयोजना गरेको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा हुन लागेको छ । सभाअगाडि चारैतिरबाट जुलुस निकाल्ने कार्यक्रम तय भएको छ । सभालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
आलोचनापछि हटाइयो सोफा
केही दिनअघि समूहले काठमाडौंमा वृहत् विरोध सभा गरेको थियो । विरोध सभामा मन्चमा आसिन नेताहरूका लागि भव्य सोफा राखिएको थियो । जसको व्यापक आलोचनासमेत भयो । काठमाडौंको विरोध सभामा राखिएका सोफाको व्यापक अलोचना भएपछि बुटवलको सभामा भने सोफा नराखिने भएको छ । अन्तिम समयमा आएर कार्यक्रमका लागि ल्याइएका सोफा हटाएर सामान्य कुर्सी मात्रै राखिएको छ।
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_DQQ0V7jUTH_ud8dninyu8lensvns6tbxkl6jgwnfesh9vvzlclshduakgoa7wcjwi5qxvrs.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_CiLAuwaz8X_mf3fzziht2hx2o87q4imc4qtwr5m1oof1ed18emqrr8qzkvb0xrkf6sbqumi.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया