वालिङको जितमा विदेशी खेलाडीको गोलको वर्षा

काठमाडौँ: महिला राष्ट्रिय फुटबल लिगमा चौदण्डीगढीको खराब लय बिहीबार पनि कायम रह्यो । लिगमा तेस्रो पराजय भोग्ने क्रममा चौदण्डीगढी वालिङ नगरपालिकासँग १०-० ले निरिह बन्यो ।
सात टिम सम्मिलत लिगमा वालिङलाई पहिलो जित दिलाउन विदेशी खेलाडी निर्णयक बने । क्यामरुनकी मेठो एल्युडाई रुथले दाहोरो ह्याट्रिक गरिन् भने सोही मुलुककी टुटा ओरानेल्लाले इभानिक नोइल्ले एक गोल थपिन् । त्यस्तै, सम्झना शर्माले दुई गोल र मनमाया दमाईले एक गोल गरे ।
रुथले वालिङका लागि १२ मिनेट भित्र तीन गोल गरिन् । रुथले सातौँ, नौऔँ र १९ औँ मिनेटमा गोल गरिन् । वालिङको अग्रता ४-० बनाउन मनमायाले ३३ औँ मिनेटमा गरिन् भने विजय टिमकी नोइल्ले ४९ औँ मिनेटमा गोल गरिन् । रुथले ६३ औँ र ७१ औँ मिनेटमा ब्यक्तिगत चौथौँ र पाँचौँ गोल गरिन् । सम्झनाले ८० औँ मिनेटमा पहिलो गरन् भने त्यसको दुई मिनेटपछि अर्को गोल थपिन् । वालिङको नौऔँ गोल पनि रुथले नै गरिन् ।
लिगका तीन खेलमा चौदण्डीगढीले २३ गोल खाइसकेको छ भने एक गोल मात्रै फर्काएको छ । उता वालिङ भने जितपछि लिगको तेस्रो स्थानमा उक्लेको छ । अपराजित एपीएफ क्लब भने नौ अंकका साथ लिगको शीर्षस्थानमा छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया