मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौँ : सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमती गरेको थियो ।
सहमतीको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू धर्नामा बसेर विरोध जनाएका हुन् ।
व्यवस्थापनले आफूहरूको कामको अवमुल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव निर्मल पोखरेलले जानकारी दिए ।
आफुहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूको भनाइ छ । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखेका छन् ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया