के नेपालीमुलका रोहन श्रेष्ठसँग विवाह गर्दैछिन् श्रद्धा कपुर ?

मुम्बई : आइतबार बलिउड अभिनेता वरुण धवनले बच्चादेखिकै साथी नताशा दलालसँग विवाह गरे । बलिउडका सारा मानिसले उनीहरूलाई शुभकामना दिए । बच्चैदेखिका साथी श्रद्धा कपुर यो मामलामा पछि पर्ने कुरै थिएन । उनले पनि वरुणलाई विवाह लागि शुभकामना दिइन् ।
तर जब श्रद्धा कपुरसँग अफेयरमा नाम जोडिने गरेका रोहन श्रेष्ठले पनि इन्स्टामा वरुणलाई शुभकामना दिए, यसमा वरुणको प्रतिउत्तरले धेरैलाई श्रद्धा र रोहन पनि विवाह गर्न लागेको शंकाको सुविधा दियो । रोहनले वरुणलाई लेखेका थिए , ‘शुभकामना वरुण र नताशालाई । वरुण तिमी भाग्यमानी रैछौ ।’ वरुणले जवाफमा लेखेका थिए, ‘ साँच्चिकै हुँ । आशा छ तिमी पनि तयार छौ ।’
वरुणको यो प्रतिउत्तरलाई रोहन र श्रद्धाको पनि विवाहको संकेतको रुपमा धेरैले अथ्र्याएका छन् । बजारमा केही समयदेखि रोहन र श्रद्धाको अफेयर रहेको खबर छ । पापाराजीले धेरै पटक दुवैलाई विभिन्न अवसरमा ‘स्पट’ गर्ने गरेका छन् । वरुणले नै संकेत गरिदिएपछि भारतीय मिडिया दुवैको विवाहको डिटेल पत्ता लगाउन सक्रिय छन् ।
यही समयमा टाइम्स अफ इन्डियाले श्रद्धाको बुबा शक्ति कपुरलाई विवाहका बारेमा सोधेको थियो । जवाफमा शक्ति कपुरले रोहन मात्र होइन छोरीले विवाह गर्न चाहने जोसुकैसँग पनि आफू विवाह गराइदिन तयार रहेको बताएका छन् ।
‘रोहन मात्र किन, उनले जोसँग विवाह गरेर सेटल हुन चाहन्छिन्, मेरो असहमति हुन्न,’ शक्ति कपुरले भनेका छन् । शक्ति कपुरले रोहन र श्रद्धा बच्चैदेखिको साथी भएको र घर आउने जाने गरिरहने भएकाले श्रद्धाले अहिलेसम्म विवाहको कुरा नगरेको पनि बताएका छन् ।
रोहन श्रेष्ठ नेपालीमुलका फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया