धरौटीमा छुटे भाइरल अर्जुन

कैलाली : किशोरीलाई बन्धक बनाएर जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका कैलालीका अर्जुन विक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्न आदेश भएको र धरौटी बुझाएर विक छुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले विक छुटेको पुष्टि गरे । विक जिल्लाको भजनी नगरपालिका–४ कि १३ वर्षीया किशोरीलाई चार वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको जाहेरीपछि पक्राउ परेका थिए ।
गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि विक फेसबुक रयुट्यूबमा भाइरल बनेका थिए ।

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

प्रतिक्रिया