सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट आएको छ । मंगलबारका तुलनामा बुधबार तोलामा ७०० रुपैयाँले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन तोलामा ९२ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा ९२ हजार १०० मा कारोवार भएको थियो । मंगलबार भने छापावाला सुन तोलामा ९२ हजार ८०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० मा कारोवार भएको थियो ।
त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा बुधबार एक हजार २५० मा कारोवार भएको चाँदी आज भने एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । रासस

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_AMOvOLimq1_lipvsqp7wzjorl9zrdkyqlrfdsojasclupl2ynnvsf6e1h3skqocvjxwu6qw.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया