आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

स्वस्थानी परमेश्वरीको व्रत बसेर कथा भने/सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास (फोटोफिचर)

तस्बिरहरू : रासस

काठमाडौँ : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्‍ने र सुन्‍ने गरिन्‍छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ । हात गोडाका नङ काटी, स्‍नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्‍छ । बिहान माघ स्‍नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्‍छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्‍ने सुनाउने परम्परा छ ।

स्वस्थानी व्रत आरम्भको अवसरमा भक्तपुरको हनुमन्तेमा भक्तजनले स्नान, पूजापाठ एवं जल चढाएका छन् ।