एभर्टनसँग बराबरीमा रोकियो लेस्टर

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी एभर्टनसँग बराबरीमा रोकिएको छ । बुधबार राती भएको खेलमा एभर्टनले लेस्टरलाई १-१ गोलको बराबरीमा रोकेको हो । एभर्टनका लागि खेलको ३० औँ मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गरे । लेस्टरका लागि युरी टेलिमान्सले ६७ औँ मिनेटमा बराबरी गोल फर्काए ।
बराबरीका कारण लेस्टरले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । २० खेलबाट ३९ अंकसहित लेस्टर सिटी तेस्रो स्थानमा छ भने दुई खेल कम खेलेको एभर्टन सातौ स्थानमा छ । समान खेलबाट ४० अंक जोडेको म्यानचेष्टर युनाईटेड प्रिमियर लिगको दोस्रो स्थानमा रहदा म्यानचेष्टर सिटी ४१ अंकसहित शीर्ष स्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया