चार मिनेटमा दुई गोल गरेर बर्नलीले भिल्लालाई हरायो

काठमाडौँ : चार मिनेटमा दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले एस्टन भिल्लालाई हराएको छ । बुधबार राती भएको खेलमा बर्नलीले भिल्लालाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता भने भिल्लाले लिएको थियो । १४ औँ मिनेटमा ओलिए वाटकिन्सले गोल गरेर टिमलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको ५२ औँ मिनेटमा बर्नलीका बेन्मीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
६८ औँ मिनेटमा ज्याक ग्रस्लीले गोल गर्दै भिल्लालाई २-१ को अग्रता दिलाए । खेल जित्ने अवस्थामा पुगेको भिल्लाको खुशी धेरैबेर टिक्न सकेन । बर्नलीका लागि ड्वीट म्याक्निलले ७६ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए ।
त्यसको चार मिनेटपछि क्रिस वुडले बर्नलीका लागि विजयी गोल गरे । जितसँगै बर्नली २२ अंकसहित १५ औँ स्थानमा छ । हार व्यहोरेको भिल्ला २९ अंकसहित १० औँ स्थानमा छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया