आर्सनलले हालै भित्र्याएको ओडेगार्डबारेमा पाँच तथ्य

काठमाडौँ : आर्सनलले हालै रियल म्याड्रिडबाट मार्टिन ओडेगार्डलाई ‘लोन’ मा अनुबन्ध गरेको छ । ६ वर्षअघि स्पेनी राजधानी गएका २२ वर्षीय ओडेगार्ड गत सिजन ला लिगाकै रियल सोसडाडामा थिए । म्याड्रिडबाट लन्डन आइपुगेका नर्वेजियन मिडफिल्डर आर्सनलमा जारी सिजनको अन्त्यसम्म रहनेछन् । यस आलेखमा उनै ओडेगार्डका पाँच तथ्यका बारेमा चर्चा गरिनेछ ।
१५ वर्षमा डेब्यु
सन् १९९८ को डिसेम्बरमा जन्मेका ओडेगार्ड नर्वेको राष्ट्रिय टोलीका लागि डेब्यु गर्दा १५ वर्ष दुई सय ५३ दिनको थिए । सबैभन्दा सानो उमेरमा नर्वेका लागि डेब्यु गर्ने कीर्तिमान राखेका ओडेगार्डले राष्ट्रिय टिमका लागि २५ खेल खेलिसकेका छन् । सन् २०१९ मा युरो कप छनौट अन्तर्गत रोमानियाका विरुद्ध पहिलो गोल गरेका ओडेगार्ड अहिले पनि विशव फुटबलमा उत्कृष्ट युवा प्लेमेकर मध्येका एक मानिन्छन् ।
बुवा-छोरा एउटै टिममा
ओडेगार्ड जुनियर सन् २०१५ मा रियल पुग्दा उनका बुवा हान्स एरिक ओडेगार्ड पनि उही क्लब पुगे । प्रशिक्षकका रुपमा । नर्वेको घरेलु लिग खेलेको अनुभव बोकेका हान्स रियलको युवा टोली हर्ने प्रशिक्षकमा नियुक्त भए । त्यसैबेला रियलका वर्तमान प्रशिक्षक जिनेदिन जिदान भने रिजर्भ टिमका जिम्मेवारी सम्हालिरहेका थिए । स्पेनी सञ्चार माध्यमका अनुसार ४७ वर्षिय हान्स जिदानको भन्दा बढी तलब बुझ्थे । हाल उनी नर्वेमा पहिलो श्रेणीको सान्डेफोर्डको मुख्य प्रशिक्षक छन् ।
रियलको इतिहासमै कान्छो खेलाडी
१६ औ जन्मदिन अघि नै रियलसँग अनुबन्धित भएका ओडेगार्डले स्पेनी क्लबको सिनियर टिमका लागि मे २०१५ मै डेब्यु गरे । गेटाफेसँगको खेलको दोस्रो हाफमा उनलाई क्रिस्टियानो रोनाल्डोको ठाउँमा मैदान प्रवेश गराइएको थियो । कार्लो एनसिलोट्टीको नेतृत्वमा रहेको रियलका लागि ओडेगार्डले १६ वर्ष एक सय ५७ औ दिनमा डेब्यु गरेका थिए । जुन रियलको इतिहासमै सबैभन्दा साने उमेरमा गरिएको डेब्यु थियो । ओडेगार्डको सो कीर्तिमान अहिले सम्म तोडिएको छैन ।
लियोनल मेस्सी सर्मथक
रियलका खेलाडी भएपनि ओडेगार्ड लियोनल मेस्सीका सर्मथक हुन् । जुन उनले सार्वजानिक रुपमा ब्यक्त गरिसकेका छैनन् । ओडेगार्डका पूर्व प्रशिक्षक हाराल्ड जोहानेसेनका अनुसार आर्सनलका नयाँ खेलाडी नर्वेमा रहँदा मेस्सीका ‘फ्यान’ का रपमा परिचित थिए । ‘उनी मेस्सीको सर्मथक हुन् । तर त्यस बाबजुद पनि उनी रियल जादैछन् । जुन आफैमा अच्चम्मलाग्दो छ ।’ जोहानेसेनले सन् २०१९ मा ‘दिज फुटबल टाइम्स’सँगको अन्तवार्तामा भनेका थिए ।
सधैं ‘लोन’ मा
ओडेगार्ड बेर्नाबाउ जानुअघि सबैजसो ठूलो क्लबको नजरमा थिए । त्यसका बाबजुद उनले रियल नै रोजे । तर उनी १३ पटकको स्पेनी च्यामिपयनका लागि पहिलो एघारमा पर्ने खेलाडी बनिसकेका छैनन् । जसका कारण उनी लोनमा विभिन्न क्लब जान बाध्य भए । आर्सनल तर्फको सरुवा उनी रियल आइसकेपछिको चौथौं सरुवा हो । यसअघि सोसिडाड र हल्यान्डका हिरेनभिन र भिटेजमा केही वर्ष बिताएका ओडेगार्डका लागि आर्सनल तर्फको सरुवा ठूलो मौका हो । गत सिजन सोसिडाडका लागि ३१ लिग खेल्दा नौ गोल र असिस्ट दर्ता गरेका ओडेगार्डले मिकेल आर्टेटाको टिममा गोलको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया