सेनाले बनाइदियो महानगरपालिकालाई सभाहल

काठमाडौँ । नेपाली सेनाले भरतपुर महानगरपालिकालाई बहुउपयोगी (सभाहल) हस्तान्तरण गरेको छ । नेपाली सेनाको सामाजिक, आर्थिक विकासका पूर्वाधार निर्माण कार्यक्रमअन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउनको लागि चितवनमा सभाहल बनाएको हो ।
बटुकदल गण चितवनद्वारा भरतपुर महानगरपालिका-२२, घटगाई इलाकामा निर्माण गरिएको भवन मध्य पृतना हेडक्वारटरका पृतनापति उपरथी ताराध्वज पाण्डेले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई हस्तान्तरण गरेका हुन् । महानगरकी प्रमुख दाहालले प्राकृतिक जोखिममा रहेका बोटे समुदायहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राख्न मद्दत पुग्ने साथै अन्य सामाजिक एवं सामुहिक कार्यक्रमहरुको लागि समेत हल उपयोगी हुने बताइन् ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया