कुसुमको ह्याट्रिकमा विराटनगरको फराकिलो जित

काठमाडौँ : विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला फुटबल लिगमा बुधबार चन्द्रपुर नगरपालिकालाई ५-० ले पराजित गरेको छ । विराटनगरको जितमा कसुम खतिवडाले ह्याट्रिक गरिन् ।
लिगमा बिराटनगरको यो पहिलो जित हो । पहिलो खेलमा वालिङ नगरपालिकासँग बराबरीमा रोकिएको विराटनगर दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफसँग भारी अन्तरले पराजित भएको थियो । उता चन्द्रपुरको लागि यो दोस्रो पराजय हो ।
पहिलो खेलमा एपीएफसँग हार व्यहोरेका चन्द्रपुरले दोस्रो खेलमा चौदण्डीगढी नगरपालिकालाई हराएको थियो । आजको नतिजापछि विराटनगरले लिगमा तीन खेलबाट चार अंक बनाएको छ भने चन्द्रपुरको समान खेलबाट तीन अंक छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अनु राई र सरिता शेर्पाले विजय टिम विराटनगरका लागि एक-एक गोल थपे ।
लिगमा विराटनगरलाई पहिलो पटक तीन अंक दिलाएका प्र्रशिक्षक पारस चौधरीले आक्रमक खेल खेल्ने आफ्नो रणनीति सफल भएको बताए । ‘हाम्रो खेलाडीहरू विभागीय टिमसँग खेल्दा कम आत्मविश्वासी देखिन्छन् । तर अन्य टिमसँग हाम्रो प्रदर्शन चित्तबुझ्दो छ । आज पनि हामीले राम्रो खेल्यौं,’ चौधरीले भने ।
उता पराजित टिमकी सहायक प्रशिक्षक चित्रा दर्लामी मगरले आफ्नो टिमले भारी अन्तरको पराजय भोग्ला भन्ने नसोचेको बताए । ‘हाम्रो रक्षापंक्तिमा समस्या छ । मुख्य रक्षकहरू घाइते भएकाले पनि हामीले सोचेअनुसारको खेल देखाउन सकेनौं,’ मगरले भनिन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया